मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठसमाजभूकम्पको डरले झ्यालबाट हामफाल्दा एक घाइते

भूकम्पको डरले झ्यालबाट हामफाल्दा एक घाइते


चौतारा ।

आज विहान आएको भूईचालोले घर भत्किने डरमा झ्यालबाट हामफाल्दा एक जना घाइते भएका छन् । भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी घाइते भएका हुन् ।

उनको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलविरेका प्रहरी निरीक्षक हरि भट्टराई जानकारी दिए ।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ रेक्टरस्केलको भूकम्प गएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!