Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजलिदी पहिरो पीडितलाई २७ लाख सहयोग

लिदी पहिरो पीडितलाई २७ लाख सहयोग


चौतारा । गत साउन ३० गते शुक्रबार सिन्धुपाल्चोक जिल्लाको लिदी गाउँमा गएको पहिरो पीडित तामाङ समुदायलाइ अहिलेसम्मकै सबैभन्दा बढी सहयोग रकम हस्तान्तरण गरेको छ । अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका १ स्थित बाँसखर्क पुगेर शुक्रवार प्रवासमा रहेका तामाङ संघसंस्थाबाट प्राप्त २२ लाख १२ हजार ४ सय ९५ र सिन्धुपाल्चोक जिल्ला घेदुङको सक्रियताबाट उठेको ४ लाख ८९ हजार २ सय २५ गरि एकमुष्ट २७ लाख १ हजार ७ सय २० रूपैया पीडित परिवार समक्ष राहतस्वरुप नगद सहयोग गरेको छ ।

संकलित रकम मृत्यु भएका १२ धुरीलाई ६० हजारका दरले ७ लाख २० हजार, पूर्णघर क्षति भएका १७ घरधुरी लाई २५ हजारका दरले ४ लाख २५ हजार, विस्थापित १४१ घरधुरी लाई १० हजारका दरले १४ लाख १० हजार राहतस्वरूप नगद हस्तान्तरण गरेको हो ।

नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने पूर्व संविधानसभा सदस्य दावा तामाङ, नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ट उपाध्यक्ष टासी लामा, महिला उपाध्यक्ष अस्मिता वाईबा, सचिव रविन तामाङ, साँगाचोक गढी नगरपालिका प्रमुख अमान सिं तामाङ, घेदुङ केन्द्रीय सदस्य राम लामा, जिल्ला घेदुङ सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बो लगायतको उपस्थितिमा राहत नगद हस्तान्तरण गरिएको हो ।

बर्षौदेखि पहिरो नगएको सुरक्षित वस्तीमा यति धेरै जनधनको क्षति हुने गरी पहिरो जानुमा गाउँदेखि तल रहेको राक्पालगान्धी (ब्रम्हायणी) नदीमा सञ्चालित हाइड्रोपावरको प्रकृति विरोधी गतिविधि र २०७२ सालमा गएको भुकम्प मुख्य कारण रहेको पीडितहरुले बताए । पहिरो पीडितहरुले यस अघि नै आफूहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेपनि कुनै सुनुवाई नहुँदा यसखालको दुर्घटना हुनपुगेको गुनासो गरेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस