गृहपृष्ठ ∕ समाज ∕ केयर नेपालको सहयोगमा घुम्थाङ्का पहिरो पीडितलाई टुकीले बाड्यो राहत केयर नेपालको सहयोगमा घुम्थाङ्का पहिरो पीडितलाई टुकीले बाड्यो राहत सिन्धु खबर भदौ ३०, २०७७ गते २१:०९ मा प्रकाशित बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ्काका बाढी पीडितलाई राहत वितरण गरिएको छ। मंगलबार केयर नेपालको सहयोगमा टुकी संघ सुनकोशीले नगरपालिकाको समन्वयमा पीडितलाई राहत वितरण गरेको हो। बाढीमा परी स्थायी आवास गुमाएका ६० घरधुरीलाई भाडाकुडासहित खाद्यान्न सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ। बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनको उपस्थितिमा राहत वितरण भएको थियो। केयर नेपालले सोमबार नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेको थियो भने पीडितलाई नगरपालिकाले मंगलबार सो राहत वितरण गरेको नगरपालिकाले उल्लेख गरेको छ। राहत वितरणका क्रममा उपमेयर पाख्रिनले सो राहतले आवास र खाद्यान्न पहिरोले परेर विचल्लित भएका पीडितका लागि महत्वपूर्ण भएको भन्दै केयर नेपालले गरेको यो सहयोगको प्रशंसा गरेकी थिइन्। गत २८ गते घुम्थाङमा गएको पहिरोमा परी सात महिला, पाँच पुरूष र दुइ बालकको ज्यान गएको छ भने पहिरोमा बाह्रबिसे नगरपालिका(७ भीरखर्कका १० र नागपुजे गाउँका ७ घर पुरिएका थिए। त्यस्तै २२ घरमा क्षति पुगेको थियो। क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ वडा सचिवको निधन पछि जुगलमा सार्वजनिक बिदा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै