आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाजभीरबाट खसेर मृत्यु भएकी महिलाको बच्चाको जिम्मा वडाअध्यक्षले लिने

भीरबाट खसेर मृत्यु भएकी महिलाको बच्चाको जिम्मा वडाअध्यक्षले लिने


बराम्ची ।

विहीबार घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएकी महिलाको बच्चाको जिम्मा वडा अध्यक्षले लिने भएका छन् । जुगल गाउँपालिका ५ का अध्यक्ष सनत अधिकारीले भीरबाट खसेर मृत्यु भएकी सन्च माया तामाङको तीन बालबच्चाको शिक्षाको जिम्मा लिने भएका हुन् ।
बालबालिका दिवशको अवसरमा तामाङका छोराछोरी १० वर्षिय सुकमान, ८ वर्षिय सञ्चमाया र ६ वर्षिय सुमनको १२ कक्षा सम्मको जिम्मा आफुले लिने घोषणा गरेको वडाअध्यक्ष अधिकारीले जानकारी दिए ।

सन्च माया तामाङको विहीबार बिहान ८ः०० बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिर बाट खसेर मृत्यु भएको थियो । मृतकको पेट फुटेर आन्द्रा भुडी निस्केको अबस्थामा फेल परेको र गर्भमा ८ महिनाको बच्चा रहेको र सो बच्चा जिवित फेला परेका थिए । तर, पछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै बभ्भको निधन भएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!