Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकका ३२९० परिवारलाई स्थानान्तरण गरिनुपर्ने

सिन्धुपाल्चोकका ३२९० परिवारलाई स्थानान्तरण गरिनुपर्ने


चौतारा ।

बाढी पहिरोबाट जोखिममा रहेका सिन्धुपाल्चोकका तीन हजार दुई सय ९० परिवारलाई स्थानान्तरण गर्नुपर्ने तथ्यांक छ । जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्लाभरका गरि यो संख्यामा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिनुपर्नेृ भएको हो ।

हरेक वर्ष बाढी र पहिरोले सताउँदासमेत सरोकारवाला निकायले यसको न्यूनीकरणमा लागेको देखिदैन । भूकम्पपछि भूगर्भविद्हरुको टोलीले अध्ययन गरेअनुसार सिन्धुपाल्चोकका अधिकांश बस्ती जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

ती बस्तीका बसोबास गर्नेहरुलाई अझैसम्म कतै स्थानान्तरण गरिएको छैन । पूर्ण रुपले विस्थपित भई अर्काे स्थानमा बस्ने आवास नभई स्थानान्तरण गर्नुपर्ने जिल्लामा तीन हजार दुई सय ९० परिवार रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले तत्काल सार्नुपर्ने बस्तीहरुबारे छलफल भइरहेको बताए । यो वर्षमात्रै बाढी र पहिरोमा परि ७३ जनाले ज्यान गुमाएका छन् भने ४२ जना अझै वेपत्ता छन् । हरेक वर्ष पहिरोले मानवीय क्षति गर्दासमेत पूर्व सूचना प्रणाली नराखिँदा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस