Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजघुम्थाङ पहिरोमा वेपत्ता २० जनाको पहिचान खुल्यो(नामावलीसहित)

घुम्थाङ पहिरोमा वेपत्ता २० जनाको पहिचान खुल्यो(नामावलीसहित)


चौतारा । बाह्रबिसे नगरपालिका ७ घुम्थाङको पहिरोमा वेपत्ता २० जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार वेपत्ता हुनेमा भिरखर्कका तीन जना, नाकपुछेका १६ जना र नेवार टोलका १ जना वेपत्ताको पहिचान खुलेको हो ।

वेपत्ता हुनेमा ४८ वर्षीय रामबहादुर नेवार, १८ वर्षीया दिलमाया श्रेष्ठ, ३७ वर्षीया रिता श्रेष्ठ, ५ वर्षीय दानियाल श्रेष्ठ, ४ वर्षीय नदान श्रेष्ठ, २५ वर्षीय अमृत श्रेष्ठ, २५ वर्षीया मनिता श्रेष्ठ, ३० वर्षीया रविना श्रेष्ठ, ८ वर्षीय रियाशु श्रेष्ठ (शिवभक्ती) रहेका छन् ।

त्यस्तै ६० वर्षीया पदमकुमारी श्रेष्ठ, ४२ वर्षीय रामकुमार श्रेष्ठ, ५१ वर्षीय लालबहादुर श्रेष्ठ, ५० वर्षीया बुद्धलक्ष्मी श्रेष्ठ, ११ वर्षीया लक्ष्मी श्रेष्ठ, २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनिया बिक, १० वर्षीया रुपा बिक, ४३ वर्षीया शिबबहादुर नेवार, दुई वर्षीय एक बालक र एक महिलाको नाम खुल्न सकेको छैन ।

पहिरोमा बेपत्ताको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धारकार्य जारी राखेको छ । ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!