Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठसमाजघुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ शव भेटिए, २० बेपत्ता

घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ शव भेटिए, २० बेपत्ता


चौतारा । बाह्रबिसे नगरपालिका ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ । जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षिया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा , भिरखर्कका २३ वर्षकी जुनु विक ,२४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार ,६५ वर्षका धनलाल विक रहेका छन् ।

त्यसैगरी मृतकमा नेवार टोल र नागपुजेकी ६० वर्षिया हिरामाया नेवार ,४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षकी कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरसस्वती विक रहेका छन् ।

पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जना बेपत्ताको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धारकार्य जारी राखेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस