Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाजघुम्थाङ पहिरो: नौ को शव फेला, बेपत्ताको खोजी जारी(अपडेट)

घुम्थाङ पहिरो: नौ को शव फेला, बेपत्ताको खोजी जारी(अपडेट)


बाह्रबिसे । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङस्थित भिरखर्क र नागपुजे गाउँमा पहिरोमा वेपत्ता भएकामध्ये नौ जनाको शव फेला परेको छ । शनिवार तीन बजे माथिल्लो घट्टे खोला उर्लिएर ओइरिएको माथिल्लो भुभागको पहिरोले भिरखर्कको १० र नागपुजेको ७ घर लर्छार्दै पुरेको हो ।

बाह्रबिसे नगर वडा ७ का अध्यक्ष मिनबहादुर श्रेष्ठका अनुसार पहिरोले भास्सिएको जमिन बढाउदै लगेर ठुलो पहिरो आउँदा भिरखर्कको माथिल्लो विक टोल, नेवार टोल ,तामाङ टोलको नामोनिसान मेटिएको छ । पहिरोले माथिल्लो टोलका स्थानीयलाई दुई घण्टापछि मात्रै उद्धार गरेर उपचारर्थ बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षिया भक्तिमाया श्रेष्ठ, ९८ वर्षिया ट्याक्सी शेर्पा , भिरखर्कका २३ वर्षकी जुनु विक ,२४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक र नेवार टोलका ६० वर्षिया सर्किनी नेवार ,६५ वर्षका धनलाल विक रहेका छन् ।

पहिरोमा बेपत्ता भएका ३१ मध्ये २४ जना बेपत्ताको नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धारकार्य जारी राखेको छ । पल्लोछेउ देखि वारी भिरखर्क क्षेत्र सम्म पहिरो नै पहिरो खसिरहेकाले शोकाकुल स्थानीय त्रसित भएर तल्लो भेगमा बसाइ सर्दैछन् । भिरखर्क र नागपुजेका बाँकी बसेका ५८ परिवार त्रसित भएर बसाइ सर्दैछन् ।

उद्धार कार्यमा खटिएका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले भिरखर्क क्षेत्र पहिरोले घर बगाउँदा घाइते भएका तीन जनाको बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको बताए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!