गृहपृष्ठ ∕ समाज ∕ चनौटे र घुम्थाङमा गरी २४ घर पुरियो, तीनको मृत्यु, दुई दर्जन बढी वेपत्ता चनौटे र घुम्थाङमा गरी २४ घर पुरियो, तीनको मृत्यु, दुई दर्जन बढी वेपत्ता सिन्धु खबर भदौ २८, २०७७ गते ८:५७ मा प्रकाशित बाह्रबिसे । बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी एक र भीरखर्क विक गाउँका दुई जनाको शव भेटिएको हो । नागपुजेकी ७० वर्षीय भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीय जुनुमाया विक र ४० वर्षीय सर्कीनी प्रधानको शव भेटिएको घटनास्थलमा रहेका पत्रकार निरज चौलागाइले जानकारी दिए । नागपुजेमा १५ र भीरखर्कमा अझै ९ जना गरी २४ जना वेपत्ता रहेका छन् । उनीहरुको स्थानीय र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् । यसैबीच पहिरोका कारण जिल्लामा २४ घर पुरिएका छन् । नागपुजेका ६ घर, भीरखर्कका १२ र जुगल गाउँपालिका ५ चनौटेका ८ घर पहिरोले पुरिएका हुन् । चनौटेमा पहिरोले पुरिदाँ तीन जना घाइते भएका वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । पहिरो आएको थाहा पाएर स्थानीय भागेकाले जुगलमा मानवीय क्षति भने भएन । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा सार्वजनिक बिदा चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह