Techie IT
Tuesday, December 1,2020 / मंगलबार, मंसीर १६, २०७७
×
गृहपृष्ठसमाजवडाको सिफारिशमा आधा रकममै कोरोना बिमा

वडाको सिफारिशमा आधा रकममै कोरोना बिमा


चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका २ ले वडावासीलाई कोरोना बिमाका लागि सिफारिश गर्ने भएको छ । वडाको सिफारिश भएमा आधा रकममा वडावासीको बिमा हुने भएपछि वडाले बिमा गर्न इच्छुक सम्पुर्ण वडावासीको सिफरिश गर्न लागेको हो । वडाले बिमा गर्न सबै वडावासीलाई आग्रह गर्दै सिफरिश लिन आग्रह गरेको वडाध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।

कोरोनाको एक वर्षको लागि एक लाखको बिमा गर्दा व्यक्तिले ६ सय तिर्नुपर्छ भने वडाले सिफारिश गर्दा ३ सय मात्रै तिरे पुग्छ । अध्यक्ष थापाले कोरोना संक्रमणको जोखिम भएकाले सम्पुर्णलाई बिमा गर्न आग्रह पनि गरेका छन् । बिमा गर्ने व्यक्ति एक महिनादेखि कतै नगएको हुनुपर्दछ ।

वडाले सहजताका लागि तीन महिने बच्चा देखि ९९ सय वर्षका वृद्धवृद्धाको समेत बिमाका लागि सिफरिश गर्ने थापाले बताए । बिमाको सिफारिश लिन नागरिकता प्रमाणपत्र, १६ वर्षमुनिका लागि जन्मदर्ता प्रमाणपत्र र घरमूलीको पासपोर्ट साइजको फोटो चाहिनेछ ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस