गृहपृष्ठ ∕ समाज ∕ मनाङमा सिन्धुपुत्र कुमार महिनादिनदेखि बेपत्ता मनाङमा सिन्धुपुत्र कुमार महिनादिनदेखि बेपत्ता Sindhu Khabar भदौ २५, २०७७ गते १५:१९ मा प्रकाशित चौतारा । कामको सिलसिलामा मनाङ पुगेका सिन्धुपाल्चोकका एक युवा महिनादिन देखि बेपत्ता छन् । लिशंखुपाखर गाउँपालिका वडा नम्बर ३ का कुमार श्रेष्ठ करिब एक महिनादेखि मनाङबाट बेपत्ता भएका हुन् । परिवारका अनुसार श्रेष्ठ साउन ३० गतेदेखि बेपत्ता छन् । उनी मनाङको भार्खा भन्ने स्थानमा बन्दै गरेको रिसोर्टमा सुपरभाइजरको काममा कार्यरत थिए । काठमाडौंबाट साउन २६ गते मनाङतर्फ गएका श्रेष्ठ साउन २८ गते मनाङ पुगेका थिए । चित्रबहादुर श्रेष्ठले ठेक्का पाएको उक्त रिसोर्टको निर्माणका लागि ४ जना मजदुरसहित श्रेष्ठ मनाङ पुगेको परिवारले बताएको छ । उक्त रिसोर्ट पूर्व सांसद पाल्देन गुरुङले बनाउन लागेका हुन् । साउन ३० गते साँझ खाना खाएर ४ जना मजदुरसँगै सुतेका श्रेष्ठ बिहान बेपत्ता भएका हुन् । श्रेष्ठले प्रयोग गरेको चप्पलमध्ये एउटा चप्पल रिसोर्ट निर्माणस्थल नजिकैको मस्र्याङदी नदी किनारमा साउन ३१ गते भेटिएको थियो । उनको अर्को चप्पल भने भदौ २ गते दुई किलोमिटर तल भेटिएको थियो । कामदार भन्छन्, ‘सँगै सुतेको हो बिहान उठ्दा देखेनौँ’ . कुमारसँगै रिसोर्ट निर्माणका लागि ४ जना मजदुरहरु मनाङ पुगेका थिए । मजदुरका अनुसार उनीहरु त्यसदिन साँझ करिब ९ बजे सँगै खाना खाएर सुतेका थिए । चिसो भएको कारण केही स्थानीय मदिरा पनि खाएर सुतेको उनीहरुले बताएका छन् । तर बिहान उठ्दा कुमारलाई नदेखेपछि ठेकेदार (कुमार श्रेष्ठका दाइ चित्र श्रेष्ठ) लाई खबर गरेको बताए । कुमार हराएको खबर आएलगत्तै कुमारका चारजना दाजुहरु साउन ३१ गते बिहान १० बजे हेलिकोप्टर लिएर मनाङ पुगेका थिए । तर उनीहरुले कुमारलाई भेट्न सकेनन् । बरु पहिलो दिन रिसोर्ट निर्माणस्थल नजिकै एउटा चप्पल र २ दिनपछि दुई किलोमिटर तल अर्को चप्पल भेटेको चित्रले बताए । तर मनाङ प्रहरीले आवश्यक खोजबिन र छानबिन नगरी घटनालाई सामान्य बनाउन खोजेको उनीहरुले आरोप उनको ससुराली पक्षले लगाएका छन् । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे