गृहपृष्ठ ∕ समाज ∕ भिरबाट लडेर गर्भवतीको मृत्यु, पेटभित्रको बच्चा जिवित उद्धारपछि मृत्यु भिरबाट लडेर गर्भवतीको मृत्यु, पेटभित्रको बच्चा जिवित उद्धारपछि मृत्यु Sindhu Khabar भदौ २५, २०७७ गते १४:०३ मा प्रकाशित बराम्ची । जिल्लाको जुगल गाउँपालिका ५ बराम्चीमा घाँस काट्न गएकी गर्भवती महिलाको भिरबाट लडेर मृत्यु भएको छ । उनको गर्भमा रहेको ८ महिनाको बच्चा भने जिवितै भेटिएपनि उपचारका क्रममा काठमाण्डौं लैजाने क्रममा मृत्यु भएको छ । स्थानीय डाँडाथोक गाउँका ४३ वर्षिया सञ्चमाया तामाङको मृत्यु भएको वडाअध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिए । स्थानीयका अनुसार भीरबाट लडेर उनको पेट फुटेको छ । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए । करिब १ मिटरको दुरीमा आमा र बच्चा भेटिएको थियो । बच्चा जिवितै भेटिएपछि गाउँवासीले बच्चालाई घरमा लगेका थिए । पछि वडाअध्यक्षले घटनाबारे जानकारी पाएपछि उपचारका लागि काठमाण्डौं लैजादै गर्दा बाटोमा बच्चाको मृत्यु भएको हो । घटनाबारे थप जानकारी लिन प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्द्रावतीमा सार्वजनिक बिदा चार हप्तापछि मेलम्ची सुरुङमा पानी हाल्न सकिने इन्द्रावतीका कार्यालय सहयोगीले गरे आत्महत्या सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ? ८महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह