Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाज‘उत्खनन् र निकासी नियमसंगत’

‘उत्खनन् र निकासी नियमसंगत’


चौतारा । जिल्ला समन्वय प्रमुख कृष्ण गोपाल तामाङले नदीजन्य पदार्थको उत्खननलाई लिएर जिसस र त्यसका पदाधिकारी माथि लगाइएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएका छन् । आज एक विज्ञप्ति निकाल्दै जिसस प्रमुख तामाङले नदीजन्य वस्तु तथा सामग्री उत्खनन र बिक्रीका विषयलाई लिएर केही सञ्चारमाध्यमले जिसस प्रमुख र पदाधिकारी माथि लगाइएको आरोप माथि ध्यानाकर्षण भएको जनाएका हुन् । उनले जिससले गरेको काम नियमसंगत नै भएको बताएका छन् ।

केही दिनअघि विभिन्न सञ्चारमाध्यमले जिसस प्रमुखकको संलग्नतामा नै नदीजन्य पदार्थको उत्खनन र कर छली भैरहेको समाचार प्रकाशन तथा प्रशारण गरेका थिए । नदीजन्य पदार्थ उत्खनन असार देखि भदौसम्म रोक्ने प्रदेश सरकारको निर्णयलाई उल्लघंन गर्दै जिल्लाबाट दैनिक रुपमा बालुवा बोकेका ट्रकहरु राजधानी लगायत जिल्लामा जाने गरेको पाइएको छ । अवैध बालुवा ओसारपसारमा नेकपाका केन्द्रीय तहका नेताहरु र जिसस प्रमुख तथा पदाधिकारीको समेत संलग्नता रहेको उल्लेख गरिएको छ । विकास सप्लायर्सका नाममा नक्कली भ्याट बील खडा गरी अवैध बालुवा ओसार पसार र कर छलीमा नेकपा नेता र जिसस प्रमुख नै संलग्न भैरहेको समाचारहरु आएको भएतापनि त्यसबारेमा भने जिसस प्रमुखको विज्ञप्ति मौन रहेको छ ।

निकासी र उत्खनन्मा अनियमितता भएको घटनाहरु सार्वजनिक भएपछि पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सञ्जालमार्फत छानबिनको माग गरेका छन् । स्थानीयले पनि छानबिन गर्नुपर्ने भन्दै जिसस र स्थानीय प्रशासनको आलोचना गरेका थिए । चौतर्फी दवाव र आफ्नो नाम जोडिएपछि प्रमुख तामाङले प्रमाणविना नै सामाचार लेखेको आरोप सञ्चारमाध्यमलाई लगाएका छन् । उनले विज्ञप्तिमा आफूले गरेको सवै प्रक्रिया नियम र कानुनसम्मत भएको भन्दै सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न भनेका छन् ।

गिटी, बालुवाको उत्खनन् र निकासीका सन्दर्भमा विगतमा पनि हरेक वर्षहरुमा विवाद आउने गरेको थियो । निर्माण व्यवसाय र क्रसर व्यवसायमा राजनीतिक कार्यकर्ता प्रत्यक्ष जोडिएपछि यस्तो विवाद आउने गरेको हो । पछिल्लो समय स्थानीय तहसमेत जोडिन थालेको छ । गिटी, बालुवा निकासी र उत्खनन्का संलग्न भएका राजनीतिक कार्यकर्ताहरुको आर्थिक हैसियत रातराता उकालो लाग्ने गरेको छ । प्रष्ट नीतिको अभावमा यस्ता विवादहरु पटक पटक आउने गरेका छन् । यो व्यवसायमा स्थानीय तहदेखि राजनीतिक नेतृत्वसम्म जोडिने गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!