Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा लकडाउनको स्वरुप परिवर्तन (अब के गर्न पाइने ?)

सिन्धुपाल्चोकमा लकडाउनको स्वरुप परिवर्तन (अब के गर्न पाइने ?)


चौतारा । सिन्धुपाल्चोकमा लकडाउनका स्वरुप परिवर्तन गरिएको छ । भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा स्वरुप परिवर्तन गरिएको हो । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थपन समितिको बैठकले लकडाउन पालनाबारे नयाँ नियम लागू गरिने निर्णय गरेको छ ।

नयाँ नियमानुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको छ । यसको अनुगमन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले गर्नेछ । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया अनिवार्य शर्त राखिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए ।

बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । ‘ कोरोना नियन्त्रण गर्न प्रहरी प्रहासनले मत्रै सक्दैन,’ उनले भने, ‘सबै नागरिकले स्वास्थ्य सतर्कता अपनाउनुपर्छ ।’ सवारी साधन सञ्चालन गर्ने, अन्तरजिल्ला हिहडुल गर्ने लगाएतका यसअघिका निर्णय भने यथावत नै रहेको छ ।

के गर्न पाइने ?

१) बिद्युत, दमकल, सवबाहन, एम्बुलेन्स, फलफूल तथा दुध ढुवानीक लागि प्रयोग भएका सवारी साधन, सञ्चार तथा हुलाक सम्बन्धी सेवा, निर्माण सामग्री ढुवानी, इन्धन ढुवानी, सुरक्षा निकायले पयोग गर्ने साधन, फोहर मैला व्यवस्थपनका साधन
२) निजी क्लिनिक गरि स्वास्थ्य सम्बन्धी सेवाहरु
३) सबै प्रकारका कृषि तथामा पशुपंछी व्यवसाय (उत्पादनदेखि विक्री वितरणसम्मका सबै शृङलखा)
४) अत्यावश्यक कामका लागि जिल्लाभित्र मात्रै आवागमन गर्ने निजी साधनहरु (जोर विजोर प्रणाली)
५) सबै प्रकारका विकासे आयोजना, उद्योग र निर्माण कार्य
६) व्यापारिक सबै खाले पसलहरु ीबहान ११ देखि ४ बजेसम्म मात्रै खोल्न पाइने (स्वास्थ्य मापदण्ड पालना गरेर)
७) सरकारी र गैरसरकारी कार्यालयबाट अत्यावश्यक सेवाहरु प्रदान, कर्मचारीहरु अतिआवश्यक कामका लागि चाहिने जति मात्रै कार्यालयमा राखिने, बिदामा कर्मचरीहरु उपत्यका आउजा गर्दा संक्रमण फैलन सक्ने सम्भावना भएकाले कार्यालय प्रमुृखले व्यवस्थापन मिलाउने
८) बंैकिङ कारोबार नियमित सञ्चालन


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!