Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठसमाजसृजनशील आमा समूह तातोपानीले काठमाडौंमा भोकभोकै रहेकालाई खाना खुवाए

सृजनशील आमा समूह तातोपानीले काठमाडौंमा भोकभोकै रहेकालाई खाना खुवाए


काठमाडौं । सृजनशील आमा समूह तातोपानीले काठमाडौंमा अलपत्र परेकहरुलाई खाना खुवाएको छ । आमा समहूकले लकडाउनका कारण ज्याला मजदुर गरेर गुजारा गर्न नपाएका र निम्न आय भएका, विपन्न वर्गका तीन हजार ८ सय ९७ जनालाई खाना खुवाएको आमा समूहका अध्यक्ष तारा शेर्पाले जानकारी दिइन् । आमा सहुहले भदौ १६ गतेदेखि प्रत्येक दिन खाना खुवाएका छन् ।

स्वम्यभू, रत्नपार्क, बौद्ध, पशुपति, बालाजुलगायत क्षेत्रमा रहेका अलपत्र परेका मजदुरलाई खाना खुवाइएको हो । दैनिक ६ सय बढीलाई खाना खुवाइएको छ । अध्यक्ष शेर्पाका अनुसार ६० जना आमा समूहका सदस्यहरुबाट रकम संकलन गरेर खाना खुवाउन थालिएकोमा अहिले देश विदेशबाट सहयोगहरु आइरहेको छ ।

धेरैले कति राम्रो काम गर्नुभएको छ भनेर सहयोग रकम आउने क्रम जारी छ अझै काम गर्ने जाँगर बढेको छ समूहकी अध्यक्ष शेर्पाले भनिन् । उनीहरुले मानिसलाई मात्रै हैन भोकभोकै रहेका कुकुर र बाँदरलाई समेत खाना खुवाउने गरेका छन् । कुकुरलाई खाना र मासु खुवाउँछन् भने बाँदरलाई आलु उसिनेर खुवाउने गरिएको छ ।

बाँदरलाई दैनिक दुई बोरा आलु खुवाउने गरेको छ भने कुकुरलाई १० किलो चामलमा १० किलो मासु मिसाएर खुवाउने गरिन्छ । सिन्धुपाल्चोकको तातोपानी क्षेत्रबाट काठमाडौं आएर बसेकाहरुको समूह सुजनशील आमा समूह हो । यो समूहले यसअघि पनि अपागं र वृद्धवृद्धालाई खाना खुवाउँदैं आएको थियो । अध्यक्ष शेर्पा, सचिव फूर्वा शेर्पा लगायत समूहका सम्पूर्ण सदस्य खाना खुवाउन लागिपरेका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!