Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठसमाजकोरोना संक्रमण फैलने त्रासमा विस्थापित

कोरोना संक्रमण फैलने त्रासमा विस्थापित


चौतारा । बाढी पहिरोबाट विस्थापित भई सुरक्षित स्थानमा आएर बसेका पीडितहरु कोरोना संक्रमण (कोभिड १९) फैलन सक्ने त्रासमा छन् । बसिरहेको बस्ती भन्दा बाहिरबाट आएकाहरुबाट कोरोना संक्रमण फैलने भन्दै विस्थापितहरुले सुरक्षा सतर्कता अपनाउन थालेका छन् ।
विशेषगरी जुगल गाउँपालिका १ लिदीको पहिरो पछि सेलाङको बाँसखर्कमा आएकाहरुमा त्रास बढेको छ । यहाँ दिनहुँ सदरमुकामसहित काठमाण्डौं र अन्यत्रबाट मानिसहरु आउने गरेका छन् । बस्ती प्रवेश गर्दा सुरक्षा नीति नअपनाइने गरेकाले बस्तीभित्र संक्रमण फैलन सक्ने सम्भावना बढेको हो ।

स्थानीयका अनुसार विस्थापित बस्ती बाक्लो भएकाले कतैबाट कोरोना सरेमा सिंगो बस्तीमा संक्रमण फैलन सक्ने सम्भावना छ । यहाँ मास्क, सेनिटाइजर पर्याप्त मात्रामा छैन । कोरोना रोकथामका लागि प्रहरी र रेडक्रस सक्रिय छन् । तर पनि विभिन्न स्थानबाट बस्तीमा आएकाहरुले सतर्कता नअपनाएको स्थानीयवासीको आरोप छ ।

बाँसखर्क जस्तै भोटेकोशी गाँउपालिका लिस्ती पाँउगुम्बाका पहिरोका डरले विस्थापितहरु अहिले कोरोनाको त्रासमा छन् । सामुहिक खानपान र आवासमा रहेका उनीहरुले स्वास्थ्य सर्तकता अपनाउन चाहेर पनि सकेका छैनन् । न उनीहरुसंग आवश्यक स्वास्थ्य सामग्री छन् नत भौतिक दूरि नै पालना गरेका छन् ।

लगातारको बर्षापछि पछिल्लो समय सिन्धुपाल्चोकका बस्तीहरुमा बाढी र पहिरोको जोखिम बढेको छ । जोखिम बढेपछि बस्तीहरु विस्थापित हुन थालेका छन् । कोरोनाको महामारीका कारण भेला र जमघटलाई निषेध गरेको भएपनि पाँउगुम्बाका बासिन्दा भने समुहमा बस्न बाध्य बनेको स्थानीय ल्हामु याङचेन लामाले बताइन् । उनले सामान्य सुरक्षा सावधानी समेत अपनाउन नपाएको बताइन् ।

भूकम्पको पराकम्पनले बस्तीमाथिको भू–भाग चिराचिरा पारेको छ । पानी पर्दा बस्तीको माथिल्लो भाग पुँरिदै आउँदा यहाका बासिन्दा झनै त्रसित बनेका छन् । जोखिमकै कारण कति परिवारका सदस्यले बस्ती नै छोडेर काठमाण्डौ विस्थापित भएका छन् । गाँउमै बस्नेहरुमा कोरोनाको डर पनि थपिएको छ फ्र्केल लामा बताउँछन् ।

अहिले पाँउगुम्बाको ६८ घरमध्ये २५ घर पहिरोले तान्न थालेको छ । पहिरो गएको स्थानमा छोप्नका लागि वडाबाट ६३ थान त्रिपाल उपलब्ध भएको वडाले जनाएको छ । केन्द्र, प्रदेश र पालिकामा बस्ती स्थानान्तरण गर्न पहल भइरहेको वडाअध्यक्ष मुके शेर्पाको भनाई छ ।

पहिरोले जताततै छिया छिया पारेपछि विस्थापित परिवारलाई कँहा सार्ने स्थानीय सरकार अन्यौलमा छन् । तर केन्द्र र प्रदेश सरकार भने जनता र स्थानीय सरकारले पटक पटक बस्ती स्थानान्तरण लागि आग्रह गर्दापनि बेखबर बनेर बसेका छन् । कतिसम्म भने समूहमा बसिरहेका विस्थापितहरुलाई सामान्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु समेत उपलब्ध गराएका छैनन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस