Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजमेलम्चीका ३० घर पहिरोको जोखिममा

मेलम्चीका ३० घर पहिरोको जोखिममा


मेलम्ची । मेलम्ची नगरपालिकाका ३० घर परिवार पहिरोको जोखिम रहेकाले स्थानान्तरण गर्नुपर्ने भएको छ । वडा नम्बर ६,७,८ र १० का गरी ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेको र केही ठाउँमा पहिरोले घर नै लगेकाले अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने देखिएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिए ।

अनुगमनका क्रममा पहिरोबाट जोखिम भएका स्थानमा संरक्षण गरेर पनि नहुने देखिएकाले ती मानिसहरुलाई अन्यत्र सारिएको छ । उनीहरुको सुरक्षित स्थानान्तरणको व्यवस्थापनका लागि वडाहरुसँग समन्वय गरेर काम भइरहेको उनले बताए । केही व्यक्तिहरुलाई सुरक्षित स्थानमा भएका खाली घरहरुमा सारिएको छ भने केही आफन्तकोमा र केही त्रिपाल हालेर बसेका छन् । समस्त अवस्थाको अध्ययन गरी सुरक्षित वासस्थानको लागि नगरपालिकाले पहल गरिरहेको छ ।

गृहमन्त्रालयले विपदमा (पहिरो, बाढी, कटान, डुबान) परि २०७७ मा पूर्णरुपमा क्षति भएका निजि आवासहरु निर्माणका लागि २०७२ मा भूकम्प आउँदा निर्माण गरिएका निजि आवासजस्तै प्रक्रियामा ती घरहरुको निर्माण गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस