Techie IT
Tuesday, May 11,2021 / मंगलबार, वैशाख २८, २०७८
×
गृहपृष्ठसमाजअलपत्र ज्याला मजदुरलाई खाना खुवाउँदैं भोटेकोसीका अध्यक्ष पौडेल(भिडियो)

अलपत्र ज्याला मजदुरलाई खाना खुवाउँदैं भोटेकोसीका अध्यक्ष पौडेल(भिडियो)


काठमाडौं । सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका अध्यक्ष राज कुमार पौडेलले लकडाउनका कारण अलपत्र परेका मजदुरहरुलाई खाना खुवाएका छन् । लामो समयदेखि कामविहिन भएर बसेका ज्याला मजदुरी गर्ने १ सय १५ जनालाई खाना खुवाएको अध्यक्ष पौडेलले बताए ।

आज पशुपति क्षेत्र वरपर बसेका ज्याला मजदुरहरुलाई होटल मोनार्कसँग सहयोग लिएर उनले खाना खुवाएका छन् । यसैगरी काठमाडौंका विभिन्न ठाउँमा १५ दिनसम्म व्यक्तिगत रुपमा ज्याला मजदुर भोको पेट भएकालाई खाना खुवाउने उनले बताए । साना बच्चाहरुदेखि लिएर ६० वर्ष भन्दा माथिका मानिसहरु धेरै दिनदेखि भोकै बसेको आफूले पाएको उनले बताए ।

उनले विभिन्न संघ संस्था र व्यक्तिलाई खाना खुवाउन र स्वास्थ्य सामग्री सहयोग गर्न पनि आग्रह गरे । घर बनाउने काम गर्ने एक मजदुरले काम पाउँछ कि भनेर धेरै दिनदेखि कुर्दा काम नपाएको तर खान पाएकोले खुशी व्यक्त गरे ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार