आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठसमाजनेपाल तामाङ घेदुङ इन्द्रावतीद्धारा लिदी पहिरो पीडितलाई आर्थिक सहयोग

नेपाल तामाङ घेदुङ इन्द्रावतीद्धारा लिदी पहिरो पीडितलाई आर्थिक सहयोग


नवलपुर । नेपाल तामाङ घेदुङ इन्द्रावती गाउँपालिकाद्वरा जुगल लिदि पहिरो पिडितको लागि सहयोग प्रदान गरिएको छ। सहयोग स्वरुप नगद २० हजार प्रदान गरिएको इन्द्रावती घेदुङका अध्यक्ष क्षेत्र बहादुर तामाङले बताए।

तामाङ हालसालै सिन्धुपाल्चोक युवा सजगता अभियानका संयोजक रुपमा पनि नियुक्ती भएका छन् । तामाङले घेदुङ जिल्ला अध्यक्ष रेशम स्याङबो मार्फत उक्त रकम बुझाएका हुन्।

इन्द्रावती घेदुङ अध्यक्ष तामाङले आफ्नो जिल्लामा यस्तो दुखद घटना घटेकोले यो सङकटको अवस्था मा सहयोग गर्ने उदेश्यले रकम प्रदान गरिएको उनको भनाई छ। अध्यक्ष तामाङले राहतमा राजनिती नगरी वास्तविक पीडित पहिचान गरि राहत दिन पनि स्थानीय सरकार लाई अनुरोध गरे।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!