Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठसमाजलिदी मामाघर गएका युवकको शव फेला

लिदी मामाघर गएका युवकको शव फेला


चौतारा । जुगल २ लिदी पहिरोमा वेपत्ता भएका १७ वर्षीय युवाको शव आज भेटिएको छ । जुगल ३ बाट लिदी मामाघर गएका १७ वर्षीय सुभाष तामाङको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

योसँगैं लिदी पहिरोमा पुरिएका ३७ जनाको शव भेटिएको छ । लिदी पहिरोमा ३९ जना वेपत्ता भएका थिए । अहिलेसम्म ३७ जनाको शव भेटिएको र बाँकी दुईको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

वेपताको खोजीका लागि शसस्त्र प्रहरी, प्रहरी, सेना र स्थानीय लागिपरेका छन् । लिदीमा पहिरो गएको दुइहप्ता बढी भइसकेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस