गृहपृष्ठ ∕ समाज ∕ बलेफि १ को वडा कार्यलयमा स्थानीयले लगाए ताला बलेफि १ को वडा कार्यलयमा स्थानीयले लगाए ताला सिन्धु खबर भदौ १४, २०७७ गते १७:३५ मा प्रकाशित बलेफि । बलेफि गाउँपालिका वडा नम्बर १ को कार्यलयमा स्थानीयले तालाबन्दी गरेका छन् । स्थानीयले सडक निर्माण गर्दा पूरानो भल बग्ने बाटो बन्द भएको र जथाभावी भल बग्दा स्थानीयको घर र खेतमा क्षति पुगेको भन्दै आज वडामा तालाबन्दी गरेका हुन् । पटक पटक वडा, गाउँपालिका र जिल्ला प्रशासन कार्यलय चौतारामा जानकारी गराउँदा समेत समस्या निराकरणका लागि कुनै ठोस पहलकदमी नभएको भन्दै वडामा ताला लगाएको स्थानीयले बताएका छन् । अव्यवस्थित भल निकास हुन नसक्दा स्थानीयको ६० रोपनी जग्गामा लगाइएको खेतीबाली नष्ट भएको र ५० बढी घरले प्रयोग गर्ने खानेपानीमा समेत भल पसेर पानी खान अयोग्य बनाएको स्थानीयको आरोप छ । उनीहरुले वडा कार्यलयले क्षति पुगेको बालीको क्षतिपुर्ति नदिएसम्म वडा कार्यलयको ताला नखोल्ने बताएका छन् । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार ध्रुव दंगाल सम्मानित मानव बेचविखन रोक्न सबै जुट्नु आवश्यक नक्कली नोट छाप्ने मेसिनसहित फटकसिलाका राजाराम पक्राउ पहिचान खोज्न ऐतिहासिक भ्रमणमा घले समाज धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ७लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम ८यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो