Techie IT
Friday, March 5,2021 / शुक्रबार, फागुन २१, २०७७
×
गृहपृष्ठसमाजलिदी पहिराेपीडितलाई राप्रपाकाे राहत

लिदी पहिराेपीडितलाई राप्रपाकाे राहत


बाँसखर्क । लिदी पहिराेबाट बिस्थापित भएकाहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले अार्थिक सहयाेग गरेकाे छ । पार्टीका जिल्लास्थित नेताहरू अाज विस्थापित शिविर सेलाङकाे बाँसखर्कमा पुगेर राहत हस्तान्तरण गरेका हुन् ।
राप्रपा जिल्ला समितिले पहिराेमा परि मृत्यु भएका १२ परिवारलाई जनही १२ हजारका दरले रकम प्रदान गरेकाे थियाे । त्यस्तै पूर्ण रूपमा घर क्षति भएका १७ परिवारलाई ६ हजारका दरले वितरण गरिएकाे हाे ।
जुगल गाउँपालिका वडा नं २ लिदीबाट विस्थापित भई बाँसखर्क अाएका एक सय २७ परिवारलाई जनही दुई हजारका दरले वितरण गरिएकाे राप्रपा जिल्ला अध्यक्ष गाेपाल श्रेष्ठले जानकारी दिए ।
राप्रपाका अर्का जिल्ला अध्यक्ष दईन्द्रबहादुर ठकुरीले लिदीवासीकाे पीडालाई सानाे सहयाेग हुने गरि राहत स्वरूप रकम हस्तान्तरण गरिएकाे बताए । साउन ३० गते विहान अाएकाे पहिराेमा परि ३९ जना बेपत्ता भएका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस