Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजथुम्पाखरमा ठूलो पहिरो, ६२ घर जोखिममा

थुम्पाखरमा ठूलो पहिरो, ६२ घर जोखिममा


थुम्पाखर । सुनकोशी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका घरहरु थ्प पहिरोको जोखिममा परेका हुन् । सुन्दरडाँडा बस्ती पहिरोभन्दा माथि पर्छ ।

झण्डै २ सय मिटर लामो पहिरो अझै निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए । पहिरो मुनी धुसेनी गाउँ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा रहेको छ ।

बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थनीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ ।अध्यक्ष थापाका अनुसार अहिले पनि पहिरो गएको स्थान छेउछाउ हिँड्दा खुट्टा भास्सिने गर्छ । भूकम्पले जमिन हल्लाएदेखि नै यो स्थानमा पहिरो जान सक्ने खतरा बढेको थियो ।

पहिरो रोकथामका लागि दुई वर्ष अघि नै सम्बन्धित कार्यालय र प्रदेश सरकारसँग बजेट माग गरिएको थियो । तर कतैबट सुनुवाई नहुँदा पहिरो रोकथाममा पहल गर्न नसकिएको वडाअध्यक्ष थापाले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!