शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाजबाढीपहिरो पीडितलाई सभामुखद्वारा राहत प्रदान

बाढीपहिरो पीडितलाई सभामुखद्वारा राहत प्रदान


बाँसखर्क । बाह्रबिसे, भोटेकोशी र लिदीका बाढी, पहिरो पीडितहरुलाई आज सभामुख अग्नीप्रसाद सापकोटाले विभिन्न राहत वितरण गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिकाको लिदी, बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चाका बाढी पहिरोबाट विस्थापित र प्रभावित भएकाहरुका लागि राहत प्रदान गरेका हुन् । उनले आज स्थानीय तहका जनप्रतिनिधिहरु मार्फत राहत दिए ।

त्रिपाल, म्याट्रेस लगायत आधारभूत अस्थाई बसोबासका सामाग्री ३०० सेटमा जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट दिइएको छ । अस्थाई बसोबास निर्माणमा प्रयोग हुने औजार जुगलका लागि १५० सेट, बाह्रविसेका लागि १०० सेट, भाटेकोशीका लागि ५० सेट रहेको सभामुखको सचिवालयले जनाएको छ ।

त्यस्तै भान्सा, खानपिन तथा सामान र २४ किसिमका भाँडाबर्तन सहितको १५० सेट , ब्लाङ्केट ३०० थान, उनको ब्लाङ्केट, ज्याकेट र सल सहित न्यानो कपडा सेट ३०० थान, स्यानीटरी प्याड, ब्रस, १९ किसिमका आधारभूत स्वास्थ्य सामग्री सहितको १५० सेट प्रदान गरिएको हो ।

बेबी स्मल प्याक १ सय ४० सेट, बेबी बीग प्याक १ सय ४० सेट, ३७ किसिमका सरसफाई सामग्रीको सेट १५० थान र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत एउटा प्यानलबाट चार घरमा बत्ती बाल्न मिल्ने किसिमका १०० थान सोलार प्यानल पीडितलाई राहत प्रदान गरिएको हो । सोलार प्यानल भने जुगल गाउँपालिकामा मात्रै दिइएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!