पूर्वमन्त्री बस्नेतले लिदीका बालबालिकालाई आवासीय अध्ययन गराइदिने

चौतारा । जुगल गाउँपालिका वडा २ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई पूर्व संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आवाशीय अध्ययनको व्यवस्था गरेका छन् । लिदीका १४ बालबालिकामध्ये ७ बालिकाको लागि काठमाण्डौको होस्टेलमा राखेर कक्षा १२ सम्मको अध्ययनको व्यवस्था गरिएको पूर्वमन्त्रीले उल्लेख गरे ।
पितृशोकपछि काजकिरिया कर्ममा बसेका पूर्वमन्त्री बस्नेतले लिदीबारे दुखद खबर पढेपछि बुधवार सबैलाई यस्तो जानकारी दिदै बालबालिकाको निशुल्क आवसिय शिक्षाबारे प्रेस विज्ञप्ती जारी गरेका हुन् । पूर्वमन्त्रीले भोटेकोशी बाढीमा परिवार गुमाएपछि अलपत्र परेकी बाह्रबिसे नगर जम्बुकी छिरिङ गोलेसहित लिदीका स्मारिका दोङ, सविता दोङ,दुर्गा दोङ, कविता दोङ,अनिता दोङ,कान्छी दोङ ,साङी दोङलाई आवसिय अध्ययनको व्यवस्था गरेका हुन् ।
‘सबै बालबालिकालाई सम्पर्कमा ल्याउन आफन्त ,अगुवा र जनप्रतिनिधिलाई आग्रह गरेको छु ,अन्य बालबालिकाको लागि के गर्न सकिन्छ छलफलमा छौ,’पूर्वमन्त्री बस्नेतले भने । नेपाली कांग्रेसका केन्द्रिय सदस्य र खेलकुद विभागका प्रमुख बस्नेतले लिदीका विस्थापीतलाई अन्य सहयोग गर्न तत्पर रहेको प्रष्ट्याए ।
दम्पतीले गरे सहयोग
नेपाल जाइका अलमनाइ एशोसियसन् (जान) का अध्यक्ष एंव पिस उइण्ड्स जापानका कृषि विज्ञ डाक्टर रामचन्द्रसहित उनकै श्रीमती सितादेवी भुषालले लिदीका १३ बालबालिकाको लागि ६५ हजार नगद सहयोग गरेका छन् ।
सञ्चारमाध्यम आएको बालबालिकाबारे समाचार पढेपछि आफु भावविह्वल भएको बताउ“दै उनले अन्य सहयोगार्थ पनि लाग्ने जनाए । पहिरोमा अभिभावक गुमाएका बेसाहारा बालबालिकालाई प्रतिव्यक्ति ५ हजार हुने गरी दम्पत्तीले नगद बालबालिकाको हात पुग्ने गरी स्थानीय अगुवा युवा फुलकाजी स्याङ्बोको खातामा जम्मा गरिदिएका छन् ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस