गृहपृष्ठ ∕ समाज ∕ ईन्द्रावती ५ मा नयाँ मान्छे आउजाउमा राेक ईन्द्रावती ५ मा नयाँ मान्छे आउजाउमा राेक Sindhu Khabar भदौ ९, २०७७ गते १८:०८ मा प्रकाशित नवलपुर । विश्वभर महामारी को रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण को लागि सिन्धुपाल्चोक को इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ले वडाभित्र नया व्यक्ति को आउजाउ मा रोक लगाउने भएको छ। आज वडाध्यक्ष दुर्गा बहादुर तामाङ को अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक काम बाहेक काठमाडौ र जिल्ला बाहिर बाट वडामा प्रवेश गर्दा वडा सङग समन्वय गरि १५ दिन सेल्फ क्वारेन्टाइन मा बस्नु पर्ने र पिसिआर चेक गरि पिसिआर रिपोर्ट ल्याएका लाई मात्रै वडा प्रवेश गर्ने निर्णय गरेको छ। साथै त्यस वडा भित्र पर्ने विद्यालय लाई कोरोना सम्बन्धि जानकारी समुदाय मा सचेतना फैलाउन रमाइकिङ गर्न लगाउने निर्णय पनि गरेको छ। त्यस वडाभित्र छिर्ने मुख्य नाका जिरोकिलो,बाहुनेपाटी लगायत को नाकामा स्वयंसेवक परिचालन गरि प्रवेश मा निषेध गरिएको छ। त्यसभित्र रहेका खाद्यान्न पसल हरु बिहान ६ बजेदेखि ९ बजेसम्म साझ ५ बजे देखि ७ बजे सम्म मात्रै संचालन गर्न लगाउने निर्णय गरेको छ। वडाध्यक्ष तामाङ सहित विभिन्न बुद्धिजीवी को बैठकले नियम लाई उल्लंघन गरेको पाइएमा पाच हजार जरिवाना लगाउने निर्णय गरेको छ। यसैगरी थप समन्वय गाउँपालिका सङ्ग पनि गर्ने जनाएको छ। क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पत्रकार महासंघ केन्द्रीय समितिकाे बैठक हेलम्बुकाे शेर्माथानमा प्राधिकरणको अर्काे सूचना: चौतारा, बाह्रविसे र खाडीचौर क्षेत्रमा बत्ती नजाने यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ३उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ४चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ५फेरि बन्द हुने भयाे ताताेपानी नाका ६दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा ७ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर) ८काँग्रेस सभापति देउवा बाह्रबिसे आउँदै