गृहपृष्ठ ∕ समाज ∕ लिदीवासी भन्छन्, ‘सुरक्षित ठाउँमा सारिदेउ, सरकारसँग जग्गा साट्छौं’ लिदीवासी भन्छन्, ‘सुरक्षित ठाउँमा सारिदेउ, सरकारसँग जग्गा साट्छौं’ Sindhu Khabar भदौ ८, २०७७ गते १७:२७ मा प्रकाशित लिदी । पहिरोको एकै झट्काले ३९ जना पुरेको जुगल गाउँपालिका २ स्थित लिदीमा रहेका विस्थापितले आफूहरुलाई सुरक्षित स्थानमा सारिदिन सरकारसँग माग गरेका छन् । आफ्नो भएको जग्गा सरकारको नाममा दिएर त्यति नै जग्गा आफूहरुलाई सरकारले दिनुपर्ने उनीहरुको माग छ । सरकारले सुरक्षित स्थानमा लगेर घर मात्रै बनाइदिएर नहुने उनीहरुको तर्क छ । लिदीवासी आफूहरुलाई जिविकोपार्जनमा सहयोग हुने गरि जग्गा पाउनुपर्ने बताउँछन् । कृषि कर्म र गोठालो जिन्दगी बिताइरहेका लिदीबासीझै आङ्दोर्जे दोङले यहाँको बराबर जमिन सरकारले बासखर्कमा दिनुपर्ने माग राखेका छन् । उनी बाँसखर्क जाँदै गर्दा सञ्चारकर्मीसँगको भेटमा जग्गा साट्न तयार रहेको सुनाए । ६ सदस्यय परिवारसहित पहिरोबाट बचेको केही लत्ता कपडा, भाडाकुडा र बाख्रापाठा डो¥याएर थातथलो लिदीबाट बाँसखर्क सरेका हुन् । ‘जताततै पहिरोनै पहिरो छ, बालबच्चा जोगाउन भनेपनि दिनभर हिडेर बाँसखर्क हिडेको हँु,’ थुन्चेमा बाख्राको पाठा बोकेका उनले भने । आधा जीवनभर खनजोत गरेर त्यत्तिकै छोडेको कोदो र मकै बाली र रहरलाग्दो पुस्तौली जमिन छोडेर गइरहदा मन गह्रौ बनाइरहेका उनले बासखर्कमा यह“ाको जस्तै वातावरण नभए तराईको मधेस जाने योजनामा रहेको सुनाए । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठकाअनुसार बासखर्कमा ९८ वटा टेण्ड हालेर विस्थापीत परिवार ल्याउने तैयारी गरिदैछ । ‘अहिले त जादैछौ, तर यहाँको जत्तिकै खेतीपाती भएन भने हामीलाई कस्ले पाल्छ र ?,’दोङले प्रश्न गरे । आङदोर्जेझै परिवारसँगै कुटोकुम्लो बोकेर ओरालो कुदिरहेका विस्थापीत ५७ वर्षका रेशम दोङले सुरक्षित र उचित बास खेतीपातीको व्यवस्थापन नभएमा बासखर्कको तल्लो भेगमा बस्ने वातावरण सहज हुन नसकिने उनले बताए । ‘टेण्डले मात्रै जिन्दगी चल्दैन् , यहाको जग्गा सरकारलाई दिन्छौ, हामीलाई त्यहीअनुरुप जग्गा सुरक्षित स्थानमा कतै देओस् त्यही गएर बस्छौ,’ दोङ भन्छन् ,‘सरकारले त्यहा लगेर त्यत्तिकै अलपत्र छाडेर मात्रै हुदैन् ।’ लिदीमा पहिरो जानुअघि जुगल गापाको बासखर्ककै तल्लो भेगमा ४२ परिवार गएर गोठ हालेर बसेका थिए । बनले अनुमति नदिएपछि आजित भएका स्थानीय घर लप्सेडडााँ फर्किएर गोठ हालेका थिए । बेलुकी गोठमा बसेर बिहान मात्रै पहिरोमुनी रहेको लामागाउँको घर जाने गरेका स्थानीयलाई गएको शुक्रवार बिहान ६ बजे पहिरोले छोपेको थियो । गाउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले दिर्घकालिन रुपमा बास व्यवस्थापनको लागि कस्सिरहेको दाबी गरे । ‘तत्काललाई जुगल वडा १ कै बासखर्कको तल्लो क्षेत्रमा ९८ वटा टेण्ड र पाल हाल्दैछौ, सबै व्यवस्थापन भएपछि परिवारलाई बोलाउनेछौ,’उनले भने । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे