Techie IT
Friday, December 4,2020 / शुक्रबार, मंसीर १९, २०७७
×
गृहपृष्ठसमाजथप एक साता पुनः सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी

थप एक साता पुनः सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी


चौतारा ।

कोभिड १९ (कोरोना) संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा थप एक साताका लागि पुनः निषेधाज्ञा जारी गरिएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति को वैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ ।
यो सँगै भदौ १४ सम्म कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।
होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन ।
लकडाउनको समयमा सबे नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् । अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।
त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस