गृहपृष्ठ ∕ समाज ∕ पिठयूंमा छोरी बोकेकै अवस्थामा चार महिनाको गर्भवतीको शव फेला पिठयूंमा छोरी बोकेकै अवस्थामा चार महिनाको गर्भवतीको शव फेला Sindhu Khabar भदौ ६, २०७७ गते १३:३२ मा प्रकाशित लिदी । सिन्धुपाल्चोकको जुगल–२ स्थित लिदी पहिरोमा पुरिएकी एक महिलाको शव चार वर्षकी छोरी पिठ्युूंमा बोकिरहेको अवस्थामा फेला परेको छ । उनी चार महिनाकी गर्भवती पनि हुन् । घटना भएको ९ दिनपछि आज आमाछोरीको शव फेला परेको हो । सुरक्षाकर्मीले पहिरो पन्छाएर हराएकाहरुको खोजी गर्ने क्रममा उनीहरु फेला परेका हुन् । उनी स्थानीय च्याङ्वा दोङकी श्रीमती हुन् । च्याङ्वा च्याउ खोज्न र मृतककी सासू काममा गएकाले पहिरोबाट बच्न सफल भएका छन् । स्थानीय प्रत्यक्षदर्शीलाई उदृत गर्दै घटनास्थल पुगेका एक सञ्चारकर्मीका अनुसार शवको अवस्था हेर्दा ती महिलाले छोरी बोकेर भाग्दै गर्दा पहिरोले थिचेको अनुमान गर्न सकिन्छ । स्थानीय ३५ वर्षीया सानुकान्छी दोङ र उनकी चार वर्षीया छोरी करिश्माको शव फेला परेको हो । अहिले गर्भवती र चार वर्षीया बालिकाको दाहसंस्कारको तयारी गरिएको छ । पहिरोको भयले गाउंले धेरै राती घर बाहिर बस्ने गरेका थिए । बिहान घर आएका बेला एक्कासी पहिरो गएपछि उनीहरुको भागभाग भएको थियो । भाग्ने क्रममा बच्चा बचाउन खोज्दा बाबुआमा पनि किचिएको अनुमान गर्न सकिने खोजमा खटिएका एक सुरक्षाकर्मीले गरे । गत साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना हराएकोमा ३२ जानको शव प्राप्त भएको छ । अझैं ७ जना हराईरहेका छन् । पहिरोले १३ घर पुर्ण रुपमा पुरिएको थियो । ३७ घरलाई आंशिक क्षति पुगेको छ क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे