Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठसमाजजुगल काँग्रेसले गर्‍यो लिदीका पहिरो पीडितलाई नगद राहत वितरण

जुगल काँग्रेसले गर्‍यो लिदीका पहिरो पीडितलाई नगद राहत वितरण


चौतारा । जुगल गाउँपालिका काँग्रेसले लिदीका पहिरो पीडितलाई नगद राहत वितरण गरेको छ । बिहीबार काँग्रेसले लिदीमा ५ लाख ८० हजार वितरण गरेको हो ।

काँग्रेसले मृतक १६ परिवारलाई १५ हजारका र विस्थापित १९ परिवारलाई ८ हजारका दरले नगद राहत वितरण गरेको जुगल गाउँपालिका काँग्रेस सभापति सनत अधिकारीले बताए ।

बेसहरा र सबै परिवार गुमाएका तीन व्यक्तिलाई १ लाख तीन भाग लगाएर वितरण गरेको उनले जानकारी दिए । त्सैगरी काँग्रेसले १६ घरलाई पाँच हजारका दरले किरिया खर्च वितरण गरेको छ ।

हिमालय हेल्पिङ ह्याण्ड अफ क्यालिफोर्नियाका उमेश अधिकारीको पहलमा ५ लाख राहत काँग्रेसले बाँडेको हो भने ८० हजारले काँगेसले आफ्ना नेता कार्याकर्ताबाट उठाएको हो । यसअघि काँग्रेसका जय बहादुर लामाले पनि लिदी पीडितलाई नगद राहत वितरण गरेका थिए ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस