गृहपृष्ठ ∕ समाज ∕ संक्रमितलाई व्यवस्थापन गर्न चौताराका युवाको खबरदारी संक्रमितलाई व्यवस्थापन गर्न चौताराका युवाको खबरदारी Sindhu Khabar भदौ २, २०७७ गते १४:३० मा प्रकाशित चौतारा । कोरोना संक्रमण भएर पनि होम क्वारेन्टाइनमा बस्न बाध्य संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराउन चौताराका युवाहरुले खबरदारी गरेका छन् । आज जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयमा पुगेर खबरदारी गरेका हुन् । चौताराका सचेत युवाहरुले कोरोना पोजेटिभ देखिए पनि सम्बन्धित निकायले उनीहरुको उचित व्यवस्थापन गर्न नसकेको भन्दै ज्ञापन पत्र वुझाएका हुन् । । आइसोलेसनमा राखेर उपचार गर्नुपर्नेमा उनीहरु आफ्नै कार्यालयमा होम क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यतामा रहनु दुखद् भएको बताएका छन् । विश्वमा कोरोना महामारी फैलिरहँदा विभिन्न निकायले आफ्नो क्षेत्रमा क्वारेन्टाइन, आइसोलेसन निर्माण गरेका खबरहरु बाहिर आए पनि अहिले जिल्लाको सदरमुकाममा रहेका २ जना संक्रमित पनि आफ्नै कार्यलयमा बस्नुपर्दा संक्रमितहरुमा उपचार पाउनुभन्दा अझ बढी मानसिक तनावमा रहेको पाइएको विज्ञप्तीमा जनाईएको छ । अहिले २ जनालाई पनि आइसोलेसनमा राखेर व्यवस्थापन गर्न नसक्दा भोलिका दिनहरुमा थप संक्रमित भएको अवस्थामा स्थानीय सरोकारवाला निकायले के गर्न सक्ला भन्ने प्रश्न आम समुदायमा रहेको स्थानिय मनोज सापकोटाले जानकारी दिए । संक्रमितहरुलाई किन आइसोलेसनमा राख्न सकिएन भन्ने अहिलेको विषय रहेको उनको भनाई छ । स्थानीय तहहरुले कोरोना संक्रमण फैलन नदिनका साथै व्यवस्थापनका लागि लाखौं खर्च गरेको समाचारहरु सार्वजनिक भएको अवस्थामा स्थानीय तहले यो विषयमा गरेको खर्च सार्वजनिकसमेत गर्न उनिहरुले माग गरेका छन् । भोलिका दिनमा संक्रमण फैलिएमा उपचार गरेर राख्ने थप आइसोलेसन बेड निर्माणका लागि पहलसमेत हुनु अत्यावश्यक रहेको उनिहरुले बताएकाछन् । ज्ञापन पत्र वुझ्रदै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले यो विषयमा आफु गम्भिर रहेको बताए । क्याटेगोरी : समाज ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे