गृहपृष्ठ ∕ समाज ∕ चितवन तालिममा सहभागी चारसहित सिन्धुमा थप पाँचमा कोरोना संक्रमण चितवन तालिममा सहभागी चारसहित सिन्धुमा थप पाँचमा कोरोना संक्रमण सिन्धु खबर भदौ १, २०७७ गते ९:४० मा प्रकाशित चौतारा । सिन्धुपाल्चोक जिल्लामा थप पाँच जनाका कोरोना संक्रमण देखिएको छ । जिल्लाको एक गैरसरकारी संस्थाका चार जना कर्मचारी र एक शिक्षकमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । गैरसरकारी संस्थाका चार जना कर्मचारी केही समयअघि चितवन तालिममा सहभागी भएको र फर्किएर टेकु प्रयोगशालामा कोरोना परीक्षणका लागि स्वाब दिएर आएका थिए । आज आएको रिपोर्टमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । उनीहरु एक इन्द्रावतीका, एक मेलम्चीका रहेको खुल्न आएको छ । बाँकी दुई पनि जिल्लाकै रहेको बुझिएको छ । उनीहरु स्वाब परीक्षणका लागि दिएर आफ्नै घर घरमा गएको हुँदा संक्रमणको जोमिख समुदाय स्तरसम्म फैलने त्रास बढेको छ । अर्का एक शिक्षक भने सर्लाहीबाट आएका र उनी मेलम्चीको क्वारेन्टाइन्मा नै रहेकाले उनीबाट संक्रमण हुने जोखिम कम छ । क्याटेगोरी : समाज, स्वास्थ्य/शिक्षा ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यसरी मनाए माझी समुदायले कोशी पूजा (भिडियो र तस्विरसहित) तातोपानीमा फागुन २२ गते निशुल्क स्वास्थ्य शिविर गरिने भोटेकोसीमा सिमल बिसौना गोरेटो तथा प्रतिक्षालयको उद्घाटन राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे