Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठसमाजपीडितलाई आश्वासन दिए मुख्य मन्त्री पौडेलले

पीडितलाई आश्वासन दिए मुख्य मन्त्री पौडेलले


गोल्चे ।
वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले शुक्रबार बिहान गएको पहिरोबाट विस्थापित भएका जुगल गाउँपालिका वडा नम्बर–२, का पहिरोपीडितलाई सुरक्षित आवासको आश्वासन दिएका छन् । घटनास्थलमा राहत सामग्रीसहित पुगेका उनले सुरक्षित स्थानमा आवासको व्यवस्था गर्ने आश्वासन दिएका हुन् ।
पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशका पर्यटन वनमन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद सरेश नेपालसहितको टोली आज लिदी पुगेको थियो । राहत लिएर घटनास्थल पुगेका मुख्यमन्त्री पौडेलले लिदी घटनाले सरकारको ध्यानार्कषण भएको बताए ।
मुख्यमन्त्री पौडेलले तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र सरोकारवाला निकायसँगको छलफलपछि पहिरोबाट विस्थापितलाई स्थायी आवासको प्रबन्ध मिलाउने बताए । पीडित परिवारलाई भेट्दै मुख्यमन्त्री पौडेलले भने, ‘तपाईंहरुसहित सम्पूर्ण जोखिम क्षेत्रका पीडितको सुरक्षित आवासको व्यवस्था गर्नेछौं ।’
मुख्यमन्त्रीको टोली चिउरा, चाउचाउ, बिस्कुट, नुन, भाँडाकुँडा, लत्ताकपडालगायतका सामग्री लिएर लिदी पुगेको थियो ।
शुक्रबार बिहान बस्तीमाथिको डाँडो भासिँदा ११ जनाको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस