Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठसमाजलिदी पहिरो : हेलिकोप्टरबाट उपचारका लागि गम्भीर घाइते चौतारा ल्याइयो

लिदी पहिरो : हेलिकोप्टरबाट उपचारका लागि गम्भीर घाइते चौतारा ल्याइयो


गोल्चे । 

जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा घाइते भएकाहरुको पहिलो चरणमा चार जना गम्भीर घाइते उपचारका लागि चौतारा ल्याइउको छ ।सभामुख अग्नीप्रसाद सापकोटाले ल्याएको हेलिकोप्टरले चौताराबाट सुरक्षाकर्मी उद्धारका लागि घटनास्थल लगेको थियो । सो हेलिकोप्टरले गम्भीर  घाइते दुई पुरुष र दुई महिला उपचारका लागि चौतारा ल्याइएको हो ।

घटनास्थल जान लागेका सभामुख चौतारामा बसेर उद्धारका लागि सुरक्षाकर्मी पठाएका हुन् ।

घटनामा कम्तीमा ३५ वेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाई छ ।

आज बिहान करिब साढे ६ बजेतिर गएको हो । स्थानीय पेशलाल दोङका अनुसार २ जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकोले खोज तथा उद्धारमा समस्या भएको उनले बताए । उनले गाउँमा रहेका मध्ये ३५ जना हराइरहेको एकिन गरिएको टेलिफोनबाट जानकारी दिए ।

बिहानीपख पहिरो गएकाले पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

 


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!