गृहपृष्ठ ∕ समाज ∕ बाढीपहिरो पीडित १ सय ४ परिवारलाई सहयोग बाढीपहिरो पीडित १ सय ४ परिवारलाई सहयोग Sindhu Khabar साउन २९, २०७७ गते १७:२६ मा प्रकाशित तातोपानी । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित भएकाहरुलाई भोटेकोशी गाउँपालिकाको समन्वयमा राहत सहयोग गरिएको छ । गाउँपालिकाको वडा नं. १,२, ३, ४ र ५ नम्बर वडाका एक सय ४ परिवारलाई उक्त सहयोग गरिएको हो । विभिन्न व्यक्ति तथा संस्थाको आर्थिक सहयोगबाट संकलन भएको रकमबाट गाउँपालिकाले सामग्री खरिद गरि पीडितहरुलाई आज वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार पौडेलका अनुसार पीडितहरुलाई ब्लांकेट ६० थान, सिरक एक सय थान, म्याट एक सय थान र सिरानी दुई सय थान प्रदान गरिएको छ । गाउँपालिकाका अनुसार सिन्धु प्रवासी चिनियाँ व्यापार सँघले एक सय थान म्याट उपलब्ध गराएको थियो । त्यस्तै हङकङ निवासी पासाङ डिक्की शेर्पा, खेन्पो कमल भण्डारी, ह्योल्मो समाज, लिस्ती इन्भेष्टमेन्ट ग्रुप, मुसा ट्रान्सपोर्टलगायतले आर्थिक सहयोग गरेका थिए । पीडितहरुलाई गाउँपालिका अध्यक्ष पौडेलले सामग्री वितरण गरे । बाढीपहिरोले पूर्ण क्षति गराएका पीडितहरुलाई सहयोग गरिएको हो । त्यस्तै भोटेकोशी गाउँपालिका २ का पीडित कामी शेर्पालाई नगद २५ हजार रुपैयाँ सहयोग गरिएको हो । उनलाई अध्यक्ष पौडेलले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरे । शेर्पाको घर पूर्ण रुपमा भत्केको थियो । घरमा शेर्पाका दम्पती मात्रै छन् । कमाई गरेर पाल्ने कोही नभएकाले व्यक्तिगत रुपमा सहयोग गरेको अध्यक्ष पौडेलले सिन्धुखबरलाई जानकारी दिए । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहर बन्दै सिन्धुपाल्चोकका गाउँ, जिल्लाभर २९ एकीकृत नमुना बस्ती मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… युएईमा थुम्पाखरका सुदिपकाे मृत्यु चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा