सोमबार, फागुन १४, २०८०
गृहपृष्ठसमाजसिन्धु कांग्रेसका एक नेतालाई कोरोना संक्रमण

सिन्धु कांग्रेसका एक नेतालाई कोरोना संक्रमण


चौतारा ।
सिन्धुपाल्चोक कांग्रेसका उच्च तहका एक नेतालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनको पीसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
उनको स्वाब संकलन राजधानीको बि एण्ड बि अस्पतालमा गरिएको थियो । अलि अलि खोकी लागेर अस्पतालमा जचाउन गएका उनले अस्पतालमै कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । उनको पोजेटिभ रिपोर्ट हिजो आएको हो ।
जिल्लामा हालसम्म ७७ जनालाई कोरोना संक्रमण भएको छ । तीमध्ये हाल ३ जना आइसोलेसनमा रहेको कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
कोरोनाबाट सिन्धुपाल्चोकमा हालसम्म तीन जनाको मृत्यु भएको छ । ७१ जना निको भएर घर फर्किसकेका छन् । कोरोना संक्रमण भएका कांग्रेस नेताको गणना सिन्धुपाल्चोकमा छैन । उनको ठेगाना काठमाण्डौं नै रहेको छ । उनी सिन्धुपाल्चोक आएका छैनन् । काठमाण्डौंमा छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!