Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×
गृहपृष्ठसमाजलायन्स क्लव अफ काठमाडौंले दियो ६० बाढीपहिरो पीडित परिवारलाई राहत

लायन्स क्लव अफ काठमाडौंले दियो ६० बाढीपहिरो पीडित परिवारलाई राहत


बाह्रबिसे । भोटेकोसी गाउपालिकाका ६० घर परिवारलाई लायन्स क्लक अफ काठमाडौंले खाद्यान्न सहयोग गरेको छ। बाढी पहिरोमा परि बिस्थापित स्थानीयलाई क्लवले सहयोग गरेको हो।

क्लवले एक कार्यक्रमको आयोजना गरि चमल, दाल, नुन, तेल, चिनी, साबुनलगायत आवश्यक पर्ने खाद्यान्न सहयोग गरेको लायन्स क्लव अफ काठमाडौंकि गेल्मु बुढाथोकी शेर्पाले बताइन। हामीले क्लबका साथीहरू मिलेर सहयोग गरेका हौ, उनले भनिन्, पीडित परिवारलाई केही राहत मिलोस भन्ने उद्देश्यले ब्यक्तिगत रकम उठाएका छौं ।

बाटोको समस्याका कारण छिटै राहत ल्याउन सकिएन ढिलै भएपनी केही राहत सहयोग गरेको शेर्पाले सुनाइन। राहत पाएका स्थानीयहरु भने, खुसी देखिएका छन।

राहत लिएर सहयोग गर्न आउने दातालाइ स्थानीयहरुले स्थायी बसोबासको पहल गरिदिन समेत आग्रह गर्ने गरेका छन। पीडित भन्छन्, राहत मात्रै होइन हामीलाई सुरक्षित स्थानको बसोबास पनि मिलाइदिनुपर्यो ।


क्याटेगोरी : समाज
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!