बिहीबार, असोज १८, २०८०
गृहपृष्ठसमाजबाह्रबिसे नगरपालिकाका केही क्षेत्र `सिल`

बाह्रबिसे नगरपालिकाका केही क्षेत्र `सिल`


बाह्रबिसे । निधन भएका बाह्रबिसे ४ का ८४ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएपछि बाह्रबिसे नगरपालिकाले नगरपालिकाको केही क्षेत्र सिल गरेको छ ।

नगरपालिकाले वडा नम्बर २ पूर्वको कर्थली बुँदेपा, उतरपट्टि वडा नम्बर ३ को खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिण तर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्मको चार किल्ला भित्र सिल गरेको हो ।

आज एक विज्ञप्ति निकाल्दै नगरपालिकाले सो ठाउँभित्र मानिसहरु आवतजावत गर्न, सवारी साधन चलाउन पूर्ण निषेध गरी व्यापार व्यवसाय लगायत अन्य क्रियाकलाप बन्द गरेको जनाएको छ ।

अर्को सूचना नआउँदासम्मका लागि असार २३ गते दाहसंस्कारमा सामेल भएका, भेटघाटका क्रममा आएका र त्यसक्षेत्रका सम्पुर्ण नगरवासीलाई क्वारेन्टिनमा बसी सहयोग गरिदिनुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

यसअघि जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले पनि सो दिन दाहसस्कारमा गएका सम्पुर्ण व्यक्तिलाई क्वारेन्टिनमा बसी सहयोग गर्न अनुरोध गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले निषेधाज्ञा जारी नै गर्न परे पनि भोलि सरसल्लाह गरी गर्ने बताएका छन् ।

साउन २२ गते मृत्यु भएका उनको आज रिपोर्ट आएको थियो । मृत्यु भएको ६ दिन पछि रिपोर्ट आएको भन्दै परिवारले आक्रोश व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस

बाह्रबिसेका ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!