शनिबार, असोज ६, २०८०
गृहपृष्ठसमाजघरबाटै समवेदना प्रकट गरिदिन शुभचिन्तकलाई पूर्वमन्त्री बस्नेतको अनुरोध

घरबाटै समवेदना प्रकट गरिदिन शुभचिन्तकलाई पूर्वमन्त्री बस्नेतको अनुरोध


बाह्रबिसे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आफ्ना पिताको निधनप्रति समवेदना र श्रदाञ्जली प्रकट गर्नेप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

सम्पूर्ण परिवारका तर्फबाट धन्यवाद ज्ञापन गर्दै नेता बस्नेतले कोरोना संक्रमणको यस अवस्थामा सम्पुर्ण शुभचिन्तकलाई घरमै बसेर यस दुखमा साथ दिन आग्रह गरेका हुन् ।

मंगलबार एक विज्ञप्ति निकाल्दै बाह्रबिसेमा आएको बाढी र पहिरोका कारण बाटाहरू भत्किएर आवतजावतमा समेत कठिनाइ भइरहेको र कोरोनाभाइरस (कोभिड १९) को भय पनि उत्तिकै रहेकोले यस्तो अनुरोध गरेको उल्लेख गरेका छन् ।

प्राकृतिक विपत्तिको अवस्था, कोरोनाको भय, सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यता, सरकारले गरेको लकडाउन, हामी आफैँ सचेत हुनुपर्ने अवस्था र आवतजावतमा पर्ने कठिनाइका कारण यहाँहरूले हाम्रो घर बाह्रबिसेसम्म आउने कष्ट गर्नुभन्दा आफ्नो घरमा नै बसेर हाम्रा पिताजीप्रति श्रद्धा व्यक्त गरी उपलव्ध प्रविधिमार्फत हामीलाई सान्त्वना प्रकट गर्नुभएमा हामी कृतज्ञ हुने थियौँ विज्ञप्तिमा उल्लेख छ ।

बस्नेतका पिता खड्ग बहादुर बस्नेतको यही साउन २२ गते काठमाडौं त्रिवि अस्पतालमा निधन भएको थियो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!