काँग्रेसले गर्यो भोटेकोशी बाढीपहिरो पीडितलाई खाद्यान्न र नगद सहयोग

बाह्रबिसे । नेपाली काङ्ग्रेस भोटेकोसी गाउँपालिकाले बाढी पहिरोबाट विस्थापित भएका भोटेकोसीका पीडित परिवारलाई राहत वितरण गरेको छ ।
सोमबार बाढी र पहिरोबाट भोटेकोशी गाउँपालिकाका बुल्कुटे, लार्चा, फुल्पिङकट्टीलगायतका गाउँमा जनधनको क्षति भएका एक सय ९१ परिवारलाई खाद्यान्न वितरण गरेको नेपाली काँग्रेस तरुण बिभागका केन्द्रीय सदस्य पासाङ नुर्बु शेर्पाले जानकारी दिए ।
त्यसैगरी घरबारविहिन भएका ३८ परिवारलाइ ५ हजारका दरले नगद र पालिका भित्र बाढी पहिरोबाट मृत्यु भएका र बेपत्ता १० परिवारका आफन्तलाई नगद सहयोग गरेको नेपाली काङ्ग्रेसका स्थानीय नेता शेर्पाले बताए ।
नेपाली काङ्ग्रेस भोटेकोसीका काङ्ग्रेस नेता साङ्बु शेर्पा, देबी बहादुर बुढाथोकी, साङ्दोर्जे शेर्पा, मुके शेर्पा ,पासाङ नुर्बु शेर्पा, सामाजिक ब्यक्तित्व गेल्मु बुढाथोकी लगायतको सहयोगमा पीडितहरुलाई खाद्यान्न राहत वितरण गरिएको हो ।
गाउँपालिकामा एक सय ९१ घरधुरी बाढी र पहिरोबाट विस्थापित भएका छन् भने दजर्नका हाराहारीमा मृत्यु भएको थियो ।
भोटेकोशी गाउँपालिकाका मृतक परिवार र घरवार गुमाएका पीडितलाई राहत वितरण गर्न जान सडक नभएपछि समाजसेवी शेर्पा र उनका टिमले पहिरो क्षेत्रमा आफैले खाद्यन्न बोकेर पीडितसमक्ष पुर्याएका थिए ।
बाह्रबिसे तातोपानी सडकखण्डको डाक्लाङ, सानो डाक्लाङमा पहिरोले सडक बगाएपछि दालचामाल, तेल नुन, लगायतका खाद्यन्न बोकेर लगेका थिए । स्थानीय काँग्रेस नेता पासाङ नुर्बुले आपनो गाउँपालिकाभित्रका नागरिकलाई परेका बिपत्तिप्रति मन रोएका कारण थोरै भएपनि खाद्यन्न र नगद सहयोग गरेको बताए ।
उनीहरुले बाढीपहिरोमा घरबार गुमाएका जिल्लाका अन्य स्थानमा पनि राहत उपलब्ध गराउने बताएका छन् । भोटेकोशी गाउँपालिका ५ का पहिरोपीडित चन्द्रमान प्रधानले राहत पाएपछि भोक टर्ने भन्दै खुशी ब्यक्त गरेका छन् । यसैबीच लायन्स अफ काठमाडौं आधार र अर्पनले पनि पीडितलाई खाद्यान्न बितरण गरेका छन् ।
नेपाल शेर्पा संघले पहिरोमा ६ जना परिवारका सदस्य गुमाएका ग्याल्जेन शेर्पालाई नगद एक लाख सहयोग गरेको छ । संघका उपाध्यक्ष छिरि शेर्पाले सो रकम हस्तान्तरण गरेको बताएका छन् ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस