कर्थलीका बाढीपीडितलाई सहयोग

बाह्रबिसे । घट्टेखोला बाढीले घर गुमाएका बाह्रबिसे नगरपालिका २ कर्थलीका बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीमा घर गुमाएका र उच्च जोखिममा परेका २० घरधुरीलाई चामाल, दाल, तेल, डस्ना, जस्ता लगायतका राहत सहयोग गरिएको छ । प्रति परिवार एक बोरा चामाल, घर गुमाएका परिवारलाई एक एक बण्डेल जस्ता, बिस्थापित परिवारलाई डस्ना सहयोग गरिएको हो ।
नेपाली काँगे्रसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, तरुण दलका नेता अजय तामाङ, काँगे्रस निकटका समाजसेवी राजकुमार बस्नेत (होम), बलेफी गाउँपालिका स्थानीय तहका अध्यक्षका उम्मेद्धवार राम कुमार लामा, काँगे्रसका ज्ञानेन्द्र थापा र ईश्वर खत्रीको आर्थिक सहयोगमा राहत दिएको हो ।
सभापति बालकृष्ण बस्नेतले काँगे्रसका नेता कार्यकर्ताले आपनो घरायसी खर्च कटाएर बाढीपीडितहरुलाई सहयोग गर्दे आएको बताए । त्यस्तै तरुण दलका नेता अजय तामाङले बाढीपहिरो, महामारी, दीनदुखी, बिपतमा परेका सबै जनताको सेवा गर्न आफूहरु निरन्तर लागिरहेको बताएका छन् । राहत पाएपछि दैनिक जीवनयापनमा सहजता मिलेको घर गुमाएकी सानुमाया बिकले जानकारी दिइन् ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस