ड्यामसाइडका विस्थापितलाई सहयोग

लामोसाँघु । विद्युत प्राधिकरणको बाँध, नहर, जुरे पहिरोको कम्पनका कारण भासिएको ड्यामसाइड स्थित बस्तीबाट बिस्थापितलाई राहत सहयोग गरिएको छ ।
घर छाडेर प्राधिकरणको ट्रसमा रात बिताउने सो बस्तीका १६ घरधुरीलाई टेण्ट र म्याट्रिस सहयोग गरिएको हो । शान्तारोजा नेपाली समूह शान्तारोजा, क्यालिफोर्निया संयुक्त राज्य अमेरिकाबाट प्राप्त उक्त सहयोगलाई लामोसाँघु समाज लामोसाँघुले बिस्थापितलाई हस्तान्तरण गरेको नेपाली काँगे्रसका स्थानीय नेता सुनिल काप्लेले जानकारी दिएका छन् ।
उक्त सहयोगले ठूलो राहत मिलेको बिस्थापित परिवारहरुले बताएका छन् । नेपाली काँगे्रसका नेता राम कुमार श्रेष्ठ, गौरी काप्ले लगायतले सो सहयोग बिस्थापितहरुलाई हस्तान्तरण गरेका थिए ।
लामोसाँघुमा जन्मेर अमेरिका पुगेर कर्म गरिरहेकाहरुले आपनो ठाउँमा भएको पीडाप्रति मल्हम लगाउन सो सहयोग गरेको नेपाली काँगे्रस जिल्ला कार्य समितिका सदस्य रबिन बिकले जानकारी दिएका छन् ।
बस्तीमाथिको क्षेत्र दुई मिटर भासिएको र बस्तीमूनिबाट प्राधिकरणको नहर र बाँधले तानेका कारण बस्तीबासीहरु घर छाडेर बसिरहेका छन् ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस