बिहीबार, असोज १८, २०८०
गृहपृष्ठसमाजसिन्धुपाल्चोकमा हालसम्म ७३ जनालाई कोरोना, तीन गाउँ सिल

सिन्धुपाल्चोकमा हालसम्म ७३ जनालाई कोरोना, तीन गाउँ सिल


चौतारा ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ । संक्रमितमध्ये हालसम्म ६७ जना निको भएका छन् भने चार जना उपचाररत छन् । दुई जनाको उपचार काठमाण्डौंमा भइरहेको छ ।
बाकी जिल्लाका आइसोलेसन वार्डमा उपचाररत छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १०१ जना क्वारेन्टाइनमा बसेका छन् ।
हालसम्म जिल्लामा एक हजार २ सय २१ को स्वाब संकलन गरिएको छ । कोरोना संक्रमण बढुदै गएपछि जिल्लाको जुगल गाउँपालिका, सुनकोशी गाउँपालिका र हेलम्बु गाउँपालिकाका केही वडाहरु सिल गरिएको छ । जुगलको वडा नं. ५ र सुनकोशीको वडा नं. ७ हिजै सिल गरिएको हो । साविक हेलम्बु गाविसको पाँच वटा वडा आजबाट सिल गरिएको छ । साविक हेलम्बुको ३, ४,५,६ र ७ नं. वडालाई सिल गरिएको हो ।
जिल्लामा कोरोना संक्रमित हुने अधिकांश तेस्रो मुलुकबाट आएका व्यक्तिहरु छन् । हालसम्म जिल्लामा संक्रमणका कारण एक पुरुष र एक महिला गरी दुई जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!