गृहपृष्ठ ∕ समाज ∕ वाग्मती प्रदेशबाट पाँचपोखरी र बाह्रबिसेलाई ३० लाख सहयोग वाग्मती प्रदेशबाट पाँचपोखरी र बाह्रबिसेलाई ३० लाख सहयोग सिन्धु खबर साउन २६, २०७७ गते १४:१५ मा प्रकाशित चौतारा । वाग्मती प्रदेश विपद व्यवस्थापन निर्देशक समितिको बैठकले विपदको व्यवस्थापनका लागि सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई ३० लाख रकम विनियोजन गरेको छ । जिल्लाका पाँचपोखरी थाङपालधाप गाउँपालिकालाई १५ लाख र बाह्रबिसे नगरपालिकालाई १५ लाख सहयोग गरेको प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिए । यसअघि पनि बाह्रबिसे नगरपालिकालाई ३० लाख रकम प्रदेशले सहयोग गरेको थियो । त्यस्तै यसअघि जुगल गाउँपालिकालाई १० लाख र भोटेकोसी गाउँपालिकालाई १५ लाख प्रदेश सरकारले दिएको थियो । सिन्धुपाल्चोकका यी स्थानीय तहमा बाढी र पहिरोका कारण जन र धनको क्षति भएको छ । भोटेकोसीको लार्चा, बुल्कोट, फुल्पिङकट्टी, बाह्रबिसेको जम्बु, खागदल, जुगलको लिदी र पाँचपोखरीमा पहिरोले जनधनको क्षति पुर्याएको थियो । सिन्धुपाल्चोकमा बाढीपहिरोबाट २३ जना अझै बेपत्ता छन् भने १७ जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता इन्द्रावतीमा विद्युत चोरी गरे सुविधा रोक्का, काठको पोलमुक्त बनाइँदै महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह पत्रकार महासंघको ‘१३ बुँदे हेलम्बु घोषणापत्र’ जारी, यस्ता छन् निर्णय धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६फेरि बन्द हुने भयाे ताताेपानी नाका ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा