गृहपृष्ठ ∕ समाज ∕ सामुदायिक वन दिवसको अवसरमा ४७ जनाले गरे रक्तदान सामुदायिक वन दिवसको अवसरमा ४७ जनाले गरे रक्तदान सिन्धु खबर साउन २५, २०७७ गते २०:१२ मा प्रकाशित चौतारा । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बीच पनि रगतको अभाव हुन नदिन चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्त महासंघ सिन्धुपाल्चोक र डिभिजन वन कार्यालयको सयुंक्त पहलमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कोरोना भाइरसको सङ्क्रमणका बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना आउन सक्ने भएकाले सो कायक्रम आयोजना गरिएको सामुदायिक वन उपभोक्त महासंघ वाग्मती प्रदेशका सदस्य नेत्र धितालले बताए । कार्यक्रमा ४७ जनाले रक्तदान गरेको उनले जानकारी दिए । साथै आज दिवसकै अवसर परेर चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित नाराणथान परिसर चिल्ड्ेन पार्कमा वृक्षारोपण गरिएको छ । वृक्षारोपणमा धुपी, स्वामी, ओखर, अगरउड, फलफुल लगाएका विभिन्न प्रजातीको बिरुवा रोपिएको छ । क्याटेगोरी : समाज ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी जिल्ला युवा समितिकाे अध्यक्षमा कुमार नियुक्त दसकअघिदेखिको चौतारा घेर्ने रिङरोड निर्माण अझै अपुरो भब्य भवनमा बाह्रविसे प्रहरी धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे