बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजचोकटी र कर्थलीका पहिरोबाट विस्थापितलाई राहत

चोकटी र कर्थलीका पहिरोबाट विस्थापितलाई राहत


सिन्धुखबर । घरमाथिबाट आएको पहिरोबाट विस्थापित भएका त्रिपुरासुन्दरी गाउँपालिका २ चोकटी सेलेले गाउँका थामी समुदाय, बाह्रबिसे नगरपालिका २ कर्थली चालिसे गाउँका गरि ४० घरपरिवारहरुलाई राहत बितरण गरिएको छ ।

नेपाली काँगे्रसको भातृसंस्था तरुण दल सिन्धुपाल्चोक, लायान्स क्लब अफ काठमाडौं निर्जला, मेचीमहाकाली बुहारी संयुक्त आवाजको संयुक्त सहयोगमा प्रति परिवार एक बोरा चामाल, दाल तेल, चिनी चियापत्ती, ब्ल्याङकेट, त्रिपाल, म्याट्रेस, जर्किन, सुकुललगायतका राहात सामाग्री वितरण गरेको नेपाली काँगे्रसका जिल्ला कार्यसमिति सदस्य भीम प्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली काँगे्रस चोकटी गाउँ इकाई समितिका सभापति रमेश राउतले ठाडोखोला र खोल्छाको बाढीले घर उच्च जोखिममा पारेपछि खेतबारीमा त्रिपाल र जस्ताको छानामूनि बस्न बाध्य थामीहरुलाई राहात दिएपछि उनीहरुको जीवनयापनमा सहजता मिलेको बताएका छन् ।

तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) ले जिल्लाभरका बाढीपहिरो पीडितहरुलाई तरुण दलले सहयोग गरिरहेको बताए । नेपाल बिद्यार्थी संघका जिल्ला उपाध्यक्ष नवीन श्रेष्ठले बाढीपहिरोबाट जनधन गुमाएका परिवार र विस्थापितको हितमा नेबिसंघ र सिंगो पार्टी निरन्तर लागेको जानकारी दिए ।

तरुण दलका नेता लाल बहादुर श्रेष्ठले जिल्ला र अन्य जिल्लाका बाढीपहिरो पीडितका घाउमा मल्हम लगाउन राहात सहयोग गरिरहेको बताएका छन् । उक्त राहात बितरण गर्न बाह्रबिसे नगरपालिका २ का वडा सदस्य नेत्र सापकोटा, तरुण दलका नेता नैन बहादुर श्रेष्ठ, चन्द्र बहादुर गुरुङ सो राहात बितरणमा सहभागी भएका थिए । राहत पाएपछि दैनिकीमा सहजता मिलेको बिस्थापित मिश्री थामीले खुशी ब्यक्त गरिन् ।


क्याटेगोरी : समाज
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!