बाढीपहिरो विस्थापितलाई त्रिपाल र ब्ल्याङकेट सहयोग

बाह्रबिसे । अविरल वर्षात कारण पहिरो जादा विस्थापीत बाह्रबिसे नगर र भोटेकोशी गाउपालिका ७० परिवारलाई त्रिपाल र ब्ल्याङकेट सहयोग गरिएको छ ।
मर्सी मिशन मिडियाको पहल तथा स्थानीय पत्रकारहरुको समन्वयमा नेपाल ख्रीष्टियन समाज, नेपाल ख्रीष्टिय राहत सेवा तथा सुरक्षित परिवार नेपालको विशेष सहयोगमा शुक्रबार राहत बाडिएको हो ।
दुर्गम क्षेत्र बाह्रबिसे नगर कर्थली, कसेरी, आरुचे, डाडकटेरी, हुण्डुङ र भिरखर्कका १९ र भोटेकोशीको लिस्तिकोट, ट्याङथली र बुल्कुटेका ५१ परिवारलाई ती सामाग्री नेपाली कांग्रेस क्षेत्र १ का सभापति बालकृष्ण बस्नेतले बाडे ।
सभापति बस्नेतले सरकार निमुखा साबित भइरहेको बेला संस्था र संञ्चारकर्मीले खेलेको भुमिका सह्रानिय भएको भन्दै धन्यवाद ज्ञापन गरे । हामी व्यक्तिगत र संस्थागत रुपमा सहयोगमा जुट्नेछौ, अहिले जुटिरहेका छौ, उनले भने ।
सहयोग पाएपछि हर्षित भएका बाह्रबिसे नगर कर्थलीका विस्थापीत गोपाल विकले थप सहयोगको लागि गुहारे । “यसले थोरै भनेपनि मलमको काम गरेको छ, तर हाम्रो समस्या बर्खाले झनै बढाएको छ, सहयोगी सबैलाई धन्यवाद छ,”उनले भने ।
मर्सी मिशन मिडियाका प्रबन्ध निर्देशक निरोज तोलांगेका अनुसार बर्खालगत्तै सिन्धुपाल्चोकमा दिनहुँ बढीरहेका विस्थापीतको दयनिय अवस्था देखेपछि सहयोग गरिएको हो ।
स्थानीय अगुवा रोशन श्रेष्ठको सहयोगमा गोरखापत्रकर्मी चित्र मिजार र कान्तिपुरकर्मी अनिश तिवारीबाट विस्थापीतबारे सम्पूर्ण विवरण आएपछि सहयोगमा लागेको उनले बताए । “थप सहयोगको लागि कस्सिरहेका छौ,सहयोग जारी रहनेछ,” उनले भने ।
क्याटेगोरी : समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस