Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठसमाजपूर्वमन्त्री बस्नेतका पिता खड्गबहादुर बस्नेतकाे निधन

पूर्वमन्त्री बस्नेतका पिता खड्गबहादुर बस्नेतकाे निधन


चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतका पिता खडग बहादुर बस्नेतको निधन भएको छ ।

बस्नेतको ८४ बर्षको उमेरमा गए राति महाराजगन्जको मनमोहन अस्पतालमा निधन भएको हो । बस्नेत लामो समयदेखि प्यारालाइसिसका बिमारी थिए । प्यारालाइसिस भएकै कारण उनको एउटा खुट्टा काटिएको थियो ।

लामो समयदेखि अस्पताल र घर गरिरहेका बस्नेतको गएराति १२.१५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शव आजै गृहजिल्ला सिन्धुपाल्चोककाे बाह्रबिसे ल्याउने र दाहसस्कार गरिने बताइएको छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!