बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजपाँचपोखरीकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

पाँचपोखरीकी गर्भवतीको हेलिकप्टरबाट उद्धार


सिन्धुपाल्चोक । पाँचपोखरी थामपालथापकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । पाँचपोखरी वडा–६ निवासी पासाङ लामालाई प्रसव पीडा भएपछि हेलिकप्टरबाट आज उद्धार गरिएको हो ।

उनलाई उद्धार गरी थापाथलीस्थित परोपकार तथा स्त्री रोग अस्पताल लगिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत ३४ वर्षिया गर्भवती लामाको उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाइ उद्धार सम्बन्धि कार्यविधि २०७५ बमोजिम उद्दार हुँदै आएको छ ।

यस कार्यक्रमको माध्यमबाट नेपालका दुर्गम तथा पहाडी भेगका हालसम्म एकसय १९ जना गर्भवती एवं सुत्केरीको उद्धार गरिएको बताइएको छ ।

हालै ठूलो पहिरो गएकोले बाटोघाटोको असुविधा भएका कारण उनलाई सडकमार्गबाट हस्पिटल ल्याउन नसकिएपछि हवाई उद्धार गरिएको हो ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!