बुधबार, असोज १७, २०८०
गृहपृष्ठसमाजखोलामा अड्किएका बरुवाका पुरुषको शव निकालियो

खोलामा अड्किएका बरुवाका पुरुषको शव निकालियो


चौतारा । पाँचपोखरी गाउँपालिकामा खोलामा मृत भेटिएका एक पुरुषको शव निकालिएको छ । असार २० गते मृत भेटिएका उनको शव निकाल्न भौगोलिक विकटताले कठिन भएको थियो । आज नेपाली सेनाको सहायताले शव निकालेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पाँचपोखरी गाउँपालिका २ बरुवाका बर्ष ५५ को कामी लामा थिङको शव खुड्कोलो खोलाको छहराको मुनि खोलाको बिचमा भेटिएको थियो । उनी साउन १९ गते घरवाट देउताको थानमा पुजा गर्न जान्छु भनी ढ्याङ्ग्रो बोकी निस्की हिँडेको तर घर फर्की नआएकोमा २० गते स्थानीय र आफन्तले खोजतलास गर्दा हात र टाउको मात्र देखिएको अबस्थामा खोलामा मृत भेटिएका थिए ।

स्थानीयले प्रहरीमा खबर गरेपछि प्ररी चौकी मानेखर्कबाट प्रहरी टोली गएतापनि भौगोलिक विकटताका कारण उनको उद्धार हुन सकेको थिएन ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!